बाजुरा। बाजुरा बुढीगंगाको मत गणनाकालागि सर्वदलीय बैठक सुरू भएको छ । बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न पश्चात मतगणनाका लागि सर्वदलिय बैठक सुरु भएको हो।
सर्वदलिय बैठक सम्पन्न पश्चात मतगणना सूरु गरिने निर्वाचन अधिकृतको कार्यालय बुढिगंगाले जनाएको छ । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकोमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।