बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान जारी रहेको छ। बिहान ७ बजे देखी भैरहेको मतदान केही स्थानहरुमा ढिला गरी मतदान सुरु भएको थियो । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन ।
केही मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको भएपनि केही मतदान केन्द्रमा भने लफडा भएको छ । बुढीगंगा नगरपालिका १० को सिगाड मतदान केन्द्रमा प्रहरी र मतदाताबीच समान्य लफडा भएको छ। प्रहरी र मतदाताबीच सामान्य लफडा भएको पारस रावलले जानकारी दिएको छ ।उनका अनुसार प्रहरी सुरक्षाको घेरा भन्दा बाहिर गएका छन् । मतदातालाई मतदान गर्न नदिएको उनले बताए । प्रहरीले मत हाल्न नदिएर जनतालाई थर्काने गरेको मतदाताले आरोप लगाएका छन् । मतदान अधिकृतको नियम भन्दा बाहिर रहेर सुरक्षाकर्मीले मत हाल्न नदिएर पिट्ने गरेको सामाजिक सञ्जालमा भिडियो अप्लोड गरेका छन् । उनले मतदातालाई प्रहरीले दमन गरेको अरोप समेत लगाएका छन् ।
गत वैशाख ३० गते भएका निर्वाचमा केही वडामा धाँधली भएपछि स्वच्छ, निश्पक्ष निर्वाचन नभएको भन्दै चुनाव रद्ध गरिएक थियो । रद्ध गरिएको चुनाव आज पुन: भएको छ । तर आज पनि धाँधली हुने संकेत देखिएको छ । बुथमा मतदातालाई प्रहरीले धर्काउने र त्रास फैलाउँने काम गरेको मतदाताले बताएका छन् । मतदानस्थल शान्तिपूर्ण छैन्, प्रहरीको त्रास र जबरजस्ती नै देखिएको छ । सत्ताको शक्ति प्रयोग गरिएको अवस्था छ पारस रावलले बताएका छन् । मतदान स्थलमा आस्थाका आधारमा अनुहार हेरेर व्यवहार भईरहेको उनले बताए । तरपनि जनताले विवेकपूर्ण मतदान गरिरहेका छन् उनले बताए ।