बाजुरा। बाजुरा बुढीगंगा–२ मा उमेदवारका एजेन्टको लिष्ट एमाले कार्यकर्ताद्धारा च्यातिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र नगरकमिटि अध्यक्ष हर्क बहादुर रावत द्धारा हस्ताक्षरित निवेदनमा बुढीगंगा नगपालिका–२ को मतदान केन्द्रमा उमेदवारहरूका एजेन्टको लिष्ट नेकपा एमालेका कार्यकर्ताले च्यातेर फालेको उल्लेख गरिएको छ।
च्यातेर फालेको हुदाँ मतदान अधिकृत समक्ष आवश्यक कार्यबाहीको माग गरेका छन ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उमेदवारका प्रतिनिधिहरुको तर्फबाट मतदान केन्द्र प्रतिनिधिहरुको नामावली सो मतदान केन्द्रमा आवश्यक प्रक्रियाका लागि पेश गर्न आवश्यक कागजात सहित सदस्य पदका उमेदवार हंश जैशी मार्फत पठाइएकोमा मतदान केन्द्रको टेबुलबाटै सुरेश थापा लगाएतका एमाले कार्यकर्ताले च्याति फालिदिएकोले आवश्यक कार्यबाहिका लागि अनुरोध गरिन्छ नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्र नगरकमिटि अध्यक्ष हर्क बहादुर रावत द्धारा हस्ताक्षरित निवेदनमा उल्लेख गरिएको छ। प्रतिनिधिहरूका एजेन्टहरूका लिस्ट मतदान केन्द्रको टेबुलमै च्यातेर फालेको हुदाँ मतदान अधिकृत समक्ष आवश्यक कार्यबाहीको माग उनिहरूले गरेका छन।