कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगर र बेदकोटका १३ होटल रेस्टुरेन्टहरुलाई खाद्य स्वच्छताका आधारमा लोगो प्रदान गरिएको छ। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले कन्चनपुरको महेन्द्रनगर र बेदकोट क्षेत्रमा रहेका १३ होटल रेस्टुरेन्टहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरिकरण गरि लोगो प्रदान गरेको हो। होटल रेस्टुरेन्टहरुलाई खाद्य स्वच्छताका आधारमा २ वटाले उत्तमस्तर (हरियोमा दुई तारा), ७ वटाले संतोषजनक (हरियोमा एक तारा) र २ वटाले सामान्य (पहेलो)लोगो प्राप्त गरेका छन् । भने २ वटा स्तरिकरणमा नपरेको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले जानकारी दिए ।निरन्तर रुपमा सबै होटल रेस्टुरेन्टहरुलाई स्तरिकरणको दायरामा ल्याइने खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख दाहालले बताएका छन् । साथै सर्बसाधारणहरुलाई होटल रेस्टुरेन्टमा जाँदा हरियो रङको लोगो प्राप्त गरेका होटलहरुको छनौट गर्न र खाना अर्डर गर्नुअघि एकपटक आफै सो होटलको किचन हेरि सरसफाईको अवस्था यकीन गर्नुहुन अपील समेत गरेका छन् । होटल तथा रेस्टुरेन्टहरुको स्तरिकरणको कार्यबाट स्वयम ब्यवसायी सचेत बन्ने र अझ सुधार हुने मौका पाउने अपेक्षा गरिएको छ।
भने उपभोक्तालाई पनी खाद्य स्वच्छताका आधारमा स्तरिकरणको लोगो हेर्दै उपभोग्य बस्तुको प्रयोग गर्न सक्ने बिश्वास लिइएको छ। होटल रेस्टुरेन्टहरुलाई खाद्य स्वच्छताका आधारमा लोगो प्रदान कार्यक्रममा सहजीकरणकालागि होटल ब्यबसायी संघ कंचनपुर रहेको थियो । खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख दाहालले नेपालको पर्यटकीय बिकासका लागि सुदुरपस्चिमको महत्त्वपूर्ण सम्भावना बोकेको कन्चनपुरका होटल रेस्टुरेन्टहरुको महत्त्वपूर्ण योगदान रहेकाले आगामी दिनमा अझै प्रभाबकारी हुँदै जाने अपेक्षा ब्यक्त गरेका छन् । साथै उनले सो कार्यको सहजीकरणकालागि होटल ब्यबसायी संघ कंचनपुरलाई बिशेष धन्यवाद दिएका छन् ।