धनगढी। धनगढीबाट डडेल्धुरातर्फ जादै गरेको स्कारपीयोमा आगलागी भएको छ। मंगलबर बिहान सुदूरपश्चिम प्रदेश ०४००१ च ००५८ नम्बरको स्कारपियोमा आगलागी भएको हो।भीमदत्त राजमार्ग अन्तरगत गन्यापधुरा गाउँपालिका-१ हगुल्टेस्थित सडकमा उक्त गाडीमा आगलागी भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
स्कारपियोमा अचानक तार सर्ट भई पूर्णरुपमा जलेर नष्ट भएको हो। तर कुनै मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। स्कारपियो डडेल्धुराका शान्ति जोशीको भएको बताइएको छ। साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।