बाजुरा। जिल्लाको बुढीगंगा नगरपालिकामा यहि असार २३ गते हुने स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत माधव प्रशाद घिमिरेले बताए। पुन निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारीलाई निर्वाचन आश्यक समाग्री दिएर पठाईसकेको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन्।
सो नगरपालिकामा १९ वटा मतदान केन्द्र,१० वटा मतदान स्थल रहेका छन। बुढीगंगा नगरापालिकाको निर्वाचनमा सुरक्षामा कडाइ गरिने भएको छ । बैशाख ३० गतेको निर्वाचनमा नेकपा एमालेका कार्यकता र नेपाली काँग्रेसका कार्यकर्ता विच दोहोरो झडप हुदाँ निर्वाच स्थगित भएको थियो। उक्त नगरपालिकाका केही मतदान केन्द्रमा सुरक्षाकर्मिले मतदान केन्द्र नै छोडेर हिडेका थिए। सो क्षेत्रमा मतदाताहरुले असुरक्षाको महसुस गरेका थिए।
यहि असार २३ गते हुने निर्वाचनमा मतदाताहरुलाई स्वतन्त्र रुपमा मतदान गराउन र कुनै पनि मतदातालाई असुरक्षाको महसुस हुन नदिन सो क्षेत्रमा सुरक्षामा कडाइ गरिने जिल्ला सुरक्षा निकायका प्रमुख एवम प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताए ।पुनः निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ । मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ। नगरपालिकाका सबै मतदान केन्द्रमा चार वटै सुरक्षा निकायबाट प्रयाप्त मात्रामा सुरक्षाकर्मि परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।
निर्वाचनमा नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,अनुसन्धान गरि चार वटै सुरक्षा निकायबाट सुरक्षाकर्मि पठाइसकेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।बुढीगङ्गाका वडा नम्बर २, ३, ५ र ९ वडामा नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्न माग गर्दै आएको थियो । एमालेले भने कुनै पनि वडामा बुथ कब्जा नभएको र स्वतन्त्ररूपमा मतदान भएको भन्दै पुनरावेदन र सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।