धनगढी। धनगढी उपमहानगरका मेयर गोपाल हमालले आफ्नै प्रतिवद्धता विपरित तलव सुविधा लिएका छन् । उनले जेठ महिनाको २३ दिनको ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा तलव बुझेका हुन ।
चुनावका बेला हमालले एक रुपियाँ पनि सेवा सुविधा उपमहानगरबाट नलिने बताएका थिए । यद्यपी मेयर हमालले तलव रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण छन। आलोचकहरुले यसरी स्थानीय सरकारबाट तलव लिएर समाजसेवा गर्नु आफ्नै घोषणा विपरित भएको बताएका छन् ।हमालले समाज सेवा गर्नलाई कि आफ्नो नीजि रकम दिनुपर्छ कि त तलव र सेवा सुविधा लिन्न भन्ने घोषणा गर्नु हुन्नथ्यो यो तरिका पनि एकप्रकारको आर्थिक अनियमितता हो एक आलोचकले भने। हमालले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा तलव नलिन गरेको प्रतिवद्धता हेर्नुहोस यहाँ तल