धनगढी । धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा विवाद उत्पन्न भएको छ। बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि विवाद उत्पन्न भएको हो।
उपमेयर रानाले सभामै आफूसँग मेयर गोपाल हमालले समन्वय नगरेको गुनासो गरेकी थिइन्। तर, हमालले भने बजेट निर्माणमा उपमेयरको पनि भूमिका रहेको स्मरण गराएका थिए। यस्तै कर्मचारीले पनि आफूलाई हेप्ने गरेको उपमेयर रानाको गुनासो छ।
उनको चेतावनीपछि एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरुले कुर्सी फालाफाल गरेका थिए। उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेका थिए । भने काँग्रेस पक्षले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ । विवाद भएपछि फेसबुकबाट गरिएको प्रत्यक्ष प्रसारण बन्द गरिएको थियो ।(भिडियो हेर्नुहोस् यहाँ तल)
https://www.facebook.com/supamedia01/videos/1044377929541682
https://www.facebook.com/dhangadhimun/videos/3232482003737283