बाजुरा। बाजुराको बुढिगंगा निर्बाचन केन्द्रित सर्बदलिय बैठक बसेर सम्पन्न भएको छ। बुढिगंगा नगरपालिकामा स्थगित भएको निर्बाचन २३ गते हुने भए संगै भयरहित गराउन सर्बदलिय बैठक बसेको हो। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, मर्यादित र भयरहित बनाउने राजनितीक दलले प्रतिबद्धता जनाएका छन ।
बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश माधव प्रसाद घिमिरेको अध्यक्षतामा संचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन ।सर्बदलिय बैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा, नेपाली काग्रेसका सहमहामन्त्री बद्री पाण्डे, एमाले केन्द्रीय सदस्य लाल बहादुर थापा, सहदेब बोगटी लगायत जिल्ला स्थित नेताहरुको सहभागीता रहेको थियो । बैसाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा धादली भएको भन्दै स्थगित गराएको थियो । स्थगित भएको चुनाव पुन असार २३ गतेका लागि तोकिएको छ ।