बैतडी। बैतडीको सुर्नयामा चितुवाले आतंक मच्चाएको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ का विभिन्न स्थानमा गएको दुई महिनायता चितुवाले आतंक मच्चाएको छ । जंगलबाट ४/५ ओटा चितुवा संगै आएर अहिले सम्म दुई दर्जन बढी पशुचौपाया खाइसकेको स्थानीय तेजन बोहराले बताए। चितुवाले अहिले सम्म दुई दर्जन बढी पशुचौपाया खाइसकेको स्थानीयहरुले बताएका छन् ।
रातिको समयमा गोठमा बाँधेका पशुरुलाई आक्रमण गरेर चितुवाले खाने गरेको बोहराले बताए। चार पाँच ओटा चितुवासंगै आउने गरेकाले स्थानीयहरु पनि त्रसित भएका छन्। स्थानीय किसानहरुले पालेका बाख्रा र खसी चितुवाले खान थालेपछि किसानहरु चिन्तित बनेका छन् । दिनदिनै चितुवाले घरपालुवा पशुचौपाया खान थालेपछि किसानहरु मार्कामा परेका छन्।
वडाको मल्लोढोले, सेला लगायतका क्षेत्रमा चितुवाले आतंक मच्चाएको सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले बताए । चितुवाको आतंक नियन्त्रणका बिषयमा डिभिजन वन कार्यालयसंग छलफल गरिएको भएपनि समाधानको उपाय अहिले सम्म नभएको उनले बताए । वनजंगल फडानी भएपछि जंगली जनावरहरु मानवबस्तीमा पस्ने गरेको विज्ञहरुले बताएका छन् ।