धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टीले संघियता खारेजीको माग गर्दै धनगढीमा राँके जुलुससहित प्रर्दशन गरेको छ। संघियता खारेज र मूल्यवृद्धीको विरोधमा राँके जुलुससहित धनगढीमा प्रर्दशन गरिएको हो।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले धनगढीको एलएनचौक तथा पार्कमोड देखी पार्टि कार्यालयसम्म राँके जुलुससहित चर्को नारा लगाएका थिए। प्रर्दशनकारीहरुले ‘चर्को मूल्यवृद्धी फिर्ता गर, ‘संघियता खारेज गर’ जस्ता नारासहित प्रर्दशन गरिएको राप्रपाले जनाएको छ।उनीहरुले सरकार यसप्रति गम्भीर बन्नुपर्ने बताएका छन् । यसअघि राप्रपाले किसानलाई तुरुन्त मल उपलब्ध गराउनु पर्ने,महंगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने,इम्बोश्ट नम्बर प्लेट लागू गर्ने नपाइने,शिक्षा र स्वास्थ्य निशुल्क गर्नुपर्ने,नेपाललाई हिन्दु रास्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए। यस्तै हत्याहिंसा अन्त्य गर्नुपर्ने, देशमा रोजगारि सिर्जना गर्नुपर्ने,पृथ्वीनारायण शाहको जन्मजयन्तिलाई राष्ट्रिय एकता दिवस घोषणा गरि सार्वजनिक बिदा दिनुपर्ने लगायतका माग राखि ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो ।