धनगढी। धनगढीमा रहेको मायामेट्रो अस्पतालमा एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न-२ वाणीका गणेश कुँवरकी श्रमती २४ वर्षीया गौमती कुँवरले धनगढीको मायामेट्रो अस्पतालमा तीन जना सन्तानलाई जन्म दिएकी हुन् । बिहीबार राती ११:१५ बजे तीन जना सन्तान जन्माएकी हुन् । कुँवरले पहिलो पटक २ छोरा र १ छोरी गरी ३ सन्तानको जन्म दिएकी हुन ।
तिनै बच्चा र आमा स्वस्थ छन्, जन्मेका शिशुहरुको तौल १.६, १.६ र १.५ केजी रहेको मायामेट्रो अस्पतालकी अधिकृत मनिता तमाङले जानकारी दिईन । केही दिन देखि बेथाले च्याप्दै आएपछि उनलाई मायामेट्रो अस्पतालमा गर्भवती भएको ७ महिनामा नै सल्यक्रियाका लागि स्त्रीरोग बिशिषज्ञ डा.रबिन्द्र देब भट्ट, डा.संगीत भण्डारी, एनेस्थेटिस्ट डा. मोहन भट्टराई, बालरोग बिशिषज्ञ डा. मोहन साउद लागयतको टिमद्वारा सफल अप्रेसन गरिएको थियो।