बाजुरा। बाजुराको हिमाली गाउँपालिकामा खाद्यान्न संकट भएको छ। बाजुराको हिमाली गाँउपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले समझौता भएको चामल ढुवानीको नगर्दा महिना दिन देखी खाद्य संकट भएको स्थानियले बताएका छन्। अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाँउपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको छ।
त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ । हिमाली गाँउपालिका १ बिच्छँयाका धर्मलाल रोकाया दुुइ लगाएर कवाडी अस्थाई डिपोमा चामल किन्न पुुगे, तर डिपोमा एक दाना पनि चामल नपाएपछि रितो हात फर्केका छन् । कवाडी अस्थायी डिपोका लागि यो आर्थिक बर्षमा ४५ सय कुन्टल रहेको थियो । ठेकेदारले २८ सय चामल मात्र बोकेको थियो । बाँकि चामल ठेकेदारले चामल नबोक्दा कवाडी डिपोमा एकदाना पनि चामल नरहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराका निमित्त प्रमुख सन्तोष बिकले वताएका छन् ।
चामल नहुदा बर्षातमा झनै खाद्य संकट हुने अबस्था देखिएको छ । कोटोका चामल पुगेपनि त्यहाँ खाद्य संकट हुने गरेको थियो, कोटाकै चामल ढुवानी नहुदा संकट उत्पन्न भएको बिकले वताए ।
चामल ढुवानीका जिम्मा एल वि कन्ट्रसन अदानचुली २ हुम्लाले पाएको थियो । अहिले डिजेलको मुल्य बढेको र अर्को बर्षायाम शुरु भएकाले ढुवानी गर्न नमानेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ । कवाडीमा ढुवानी अनुदानको मोटो चामल प्रतिकेजी ४७ मा बिक्रि हुने गरेको छ । अहिले डिपोमा चामल नहुदा बजारको महँगो चामल किनेर बाध्य भएका छन् ।हिमाली गाउपालिका १ बिच्छँयाबाट चामल किन्न भरेर गाउँ बाट २५ जना आएको तर चामल नपाएपछि रित्तो हात घर फर्कीन लागेको स्थानिय अम्मलाल बुढथापाले वताए ।