कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जना आआफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा उक्त घटना भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।यस्तै आज बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका ६ प्रतिभानगरका अन्दाजी ३६ बर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरका अनुसार बिहान आएको वर्षासँगै चट्याङमा परि उनको घटनास्थलमै ज्यान गएको हो ।