धनगढी। राप्रपा नेपालका अध्यक्ष कमल थापा र पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आले एकै साथ धनगढीमा पुगेका छन्।
आज (शनिबार)थापा र आले एउटै विमानस्थलबाट सुदूरपश्चिम प्रदेशको अस्थायी सदमुकाम धनगढी पुगेका हुन्। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले उनीहरुको विमानस्थलमा पुगेर स्वागत गरेका थिए। राप्रपा नेपालका अध्यक्ष थापा पार्टीका कार्यकर्तासँग सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रिया गर्न यहाँ आइपुगेको राप्रपा नेपाल कैलालीका नेताले बताएका छन्।
थापाले धनगढीको रुवस होटलमा थापाले पार्टिका शुभेच्छुक, संघ संस्था तथा बौद्धिक बर्गसँग अन्तरक्रिया गर्ने र त्यसपछि पार्टिका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ । यस्तै पर्यटनमन्त्री आले भने धनगढी विमानस्थलमा बनाइएका विभिन्न संरचनाको शिलान्यास गर्न धनगढी आएको बताइएको छ।