कैलाली। छठ पुजा सेवा समिती धनगढीले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कसैको जिवन बचाउनु पुण्य कार्य हो, रक्तदान गर्नुहोस जिवन दान दीनुहोसु भन्ने नारासहित आज बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
पछिल्लो समय धनगढीमा देखिएको रगत अभावलाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको छठ पुजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले जानकारी दिए । आज बिहान साढे आठ बजे देखी सुरु भएको रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन।
अत्याधिक गर्मिका कारण अस्पतालहरुमा बिरामीको चाप बढेसंगै रगतको समेत अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको समितीका अध्यक्ष धानुकले बताए ।उनले सम्पुर्ण रक्तदातालाई धन्यवाद समेत दिए । साथै रक्तदातालाई प्रमाणपत्र बितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बिगत केहिदिन यता रगतको अत्याधिक माग बढ्दै गैरहेको बेला छठ सेवा समितिले गरेको रक्तदान कार्यक्रमले केहि राहत पुग्ने बताए । छठ पुजा सेवा समिति धनगढी बिभिन्न सामाजिक कार्य गदै आएको छ ।