कैलाली। कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९ /०८० को लागी १ अर्ब २५ करोड ८ लाख ५० हजार बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९/०८० का लागि नगरको आठौं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मार्फत सो बजेट पेस गरिएको हो ।
शुक्रबार नगरप्रमुख बिरेन्द्र भट्टले आठौँ नगरसभामा उक्त बजेट प्रस्ताब गरेका छन ।जसमा चालु तर्फ ७१ करोड २३ लाख २५ हजार र पुजिगत तर्फ ५३ करोड ८५ लाख २५ हजार बिनियोजन गरिएको छ । उनले उक्त बजेट प्राप्तीको लागी नेपाल सरकारबाट प्राप्त हुने संघिय बित्तिय समानीकरण बाट २१ करोड ४४ लाख,संघिय राजस्व बाँडफाँडबाट १७ करोड ३६ लाख ८९ हजार ,संघिय सशर्त अनुदानबाट ३७ करोड ५ लाख प्राप्त हुने बताएका छन।
यस्तै संघिय बिशेष अनुदानबाट २ करोड ,संघिय समपुरक अनुदानबाट १ करोड ४० लाख,प्रदेश बित्तिय समानिकरणबाट १ करोड ६० लाख १० हजार,प्रदेश राजस्व बाँडफाँडबाट ५९ लाख ४९ हजार, स्थानिय राजस्वबाट ६ करोड ९ लाख ९५ हजार ५ सय ,आन्तरिक स्रोतबाट ११ करोड ५३ लाख ६ हजार ५ सय र संच्चित कोषबाट २६ करोड प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ ।नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले स्वास्थ, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिईने बताएका छन ।