कैलाली। कैलालीको गोदावरी नगरपालिकाले आठौँ नगरसभा मार्फत आगामी आर्थिक वर्षको २०७९/८० को बजेट नीति तथा कार्यक्रम शुक्रबार ल्याउदै छ ।
आठौँ नगर सभाको उदघाटन सत्र शुक्रबार बिहान हुदैँछ। नगरसभाको लागी नगरपालिकाले अत्तरियाको एक निजी होटेलको हललाई प्रयोग गर्ने भएको छ । त्यसपछि चल्ने बन्द सत्रले बजेट पनि पास गर्नेछ ।नगरपालिकामा २०७९ को स्थानीय तहको निर्वाचन मार्फत आएका जनप्रतिनिधीहरुको यो पहिलो बजेट तथा कार्यक्रम हुने छ ।
वडाहरुले आ-आफ्नो सिलिङ अनुसारको बजेट भने यसअघि नै सार्वजनिक गरिसकेका छन् ।यस्तै , बजेट प्रस्तुत गर्ने दिन आज नगरपालिकाको सेवा प्रवाह बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै असार १० आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएकोले सेवा प्रवाह बन्द गर्ने निणर्य गरेको जनाएको छ।