धनगढी । गेटा मेडिकल कलेजकाे निर्देशकमा डा. प्रमोद जोशीको नियुक्त भएका छन् ।
काठमाण्डौँस्थीत राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशीको सरुवा गरिएपछि उनलाई गेटा मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिइएको हो।
जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको छ। जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामोसमयसम्म काम गरेका थिए। सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ।
अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोशीलाई बिहीबार सरुवा पत्र दिन लागेको छ। ट्रमा सेन्टरमा पनि जोशीले धेरै सुधारको काम गरेका थिए। जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएपछि गेटा मेडिकल कलेजको बिकास र सुधार हुने अपेक्षा गरिएको छ ।