काठमाडौँ। हेलिकप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ले आफ्ना ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएका छन् ।
संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले हालै विज्ञप्तिमार्फत ल्याएको रात्रिकालीन विश्रामका लागि काठमाडौंबाहिरका विमानस्थलमा जहाज नराख्ने, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, काठमाडौं विमानस्थलमा दीर्घकालीन हेलिप्याड, ह्यांगरलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने ५ बुँदे माग राखेका छन्।
सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो।सरकारले गरेको निर्णयमा चित्त नबुझै कारण संघले अत्यावश्यक सेवामा बन्दको घोषणा गरेको हो।