डोटी। डोटीमा नेवार संग्रहालय बन्ने भएको छ। लोक परम्परादेखि चल्दै आएको नेवार समुदायको संस्कृतिक संरक्षण तथा सम्वद्र्धन गरी नेवार समुदायको पहिचान बढाउने उद्देश्यले उक्त संग्रहालय स्थापना गर्न लागिएको हो।
संग्रहालय निर्माणका लागि आवश्यक भवनको एक कार्यक्रमका बीच आइतबार शिलान्यास गरिएको थियो । दिपायल सिलगढी नगरपालिका–५ भीमसेन मन्दिर नजिक बन्ने उक्त संग्रहालय भवनको जिल्ला समन्वय समिति डोटीका अध्यक्ष लक्ष्मणबहादुर सिंहले शिलान्यास गर्नुभएको हो।
प्रदेश सरकारद्वारा विनियोजित ३० लाख रुपियाँको लागतमा उक्त संग्रहालय भवनको निर्माण गरिन लागिएको उहाँले बताउनुभयो । भवन निर्माणकार्य शहरी विकास कार्यालय राजपुरलाई दिएको र असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने प्रादेशिक नेवार संग्राहलय समिति डोटीका अध्यक्ष नीरज श्रेष्ठले बताए।