धनगढी : भोलीको भविश्य बोकेका बालबालिकाहरुका बिषयमा गम्भिर बन्नुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिएका छन् । संघिय सांसदहरुको सहकार्य समन्वय समुहको आयोजना, सामाजिक बिकास मन्त्रालयको समन्वय तथा युनिसेफ, राष्ट्रिय सेतो गुराँस बालबिकास सेवा र पिसविनको आर्थिक तथा प्राबिधिक सहयोगमा आयोजित प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागी संबैधानिक अधिकार तथा दायित्व बिषयक परामर्ष कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरुले सो बिषयमा जोड दिएका हुन् ।
बनाएका कानुन कार्यान्वयन नभएका कारण बालबालिकाहरुले अधिकार प्राप्त गर्न नसकेको प्रदेशसभा सदस्य भरत खड्काले बताए । हामीले कानुन त बनायौँ तर यथार्थ रुपमा ति कानुनको कार्यान्वयन गर्न सक्यौँ या सकेनौ समिक्षा गर्नुपर्छ खड्काले भने “आधारभुत शिक्षाका कुरा, पोषणका करा, बालबालिकाको पोषणका कुरा, संबैधानिक हकका कुरा गरिरहेका छौँ ।” हाम्रो यहाँका बालबालिकाको हालत हेर्नुस उनले भने “बालबालिकाहरुले राम्रो संग खान र कपडा पाएका छैनन्, बिद्यालयका भवनमा ढोका छैनन् यो अवस्थामा बालबालिकाहरुको मनोबैज्ञानिक के हुन्छ कानुन बनाएर बएन कार्यान्वयनमा जोड दिनुपर्छ ।”
बालबालिकाको अधिकार प्राप्त गर्न सबैभन्दा ठुलो कुरा आर्थिक अभाव रहेको प्रदेशसभा सदस्य हर्क कुवरले बताए । हाम्रो प्रदेशका नागरिक आर्थिक अभावमा गुज्रिरहेका छन् अनी कसरी बालबालिकाका अधिकार उपलब्ध गराउन सक्नुहुन्छ त उनले भने “नागरिकलाई आर्थिक रुपमा बलियो बनाएर सचेतना फैलाउन सके पक्कै बालबालिकाले सबै अधिकार प्राप्त गर्ने छन् ।”
अहिलेको परिवारको संरचनालेपनि बालबालिका धेरै अधिकारबाट बञ्चित भएको प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताए । अहिले केही धेरै ब्यक्ती एउटै परिवारमा भएर बालबालिकाको अधिकार प्रप्त भएको छैन भने केही २ जनाको परिवार हुँदापनि उनिहरु अधिकारबाट बञ्चित छन् जोशीले भने “२ जनाको परिवार हुँदा श्रीमान श्रीमती दुइटै जागिरे हुन्छन र हेरालु राख्नुपर्ने हुन्छ त्यो हेरालुबाट बालबालिकाले सबै अधिकार प्रँपत गर्न सक्दैनन् ।”
बालबालिकाका सवालमा के गर्ने कसरी उनिहरुका अधिकारमा गम्भिर बन्ने भनेर सरकारले निति बनाउन सकेको छैन उनले भने “बालबालिका परिवारको मात्रै हो भन्ने मनसाय त्याग्नुपर्छ बालबालिका सिगाें समाज र देशको हो समाजमा बालबालिकाका सवालमा सबैले बोल्नुपर्छ ।”
कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री गोबिन्द बोहराले बालबालिकाका बिषयमा सरकार गम्भिर बनेको बताए । हामी बालबालिकालाई कसरी सक्षम बनाउन सकिन्छ कसरी सबै अधिकार दिन सकिन्छ भन्ने बिषयमा गम्भिर छौँ उनले भने “बालबालिकाको संरक्षण गर्न सकेन बने भविश्य बन्दैन सुदूरपश्चिममा बालबालिकाका सम्बन्धमा ठुलो समस्या छ बानुनले बालबिबाह गर्न मिल्दैन बनेको छ तर सुदूरपश्चिममा बालबिबाह भइरहेको छ, एमातर्फ बालबिबाह अर्कोतिर कुपोषणले हाम्रा बालबालिकालाई ठुलो अशर परेको छ ।” यो दुइटै कुरा रोक्न जरुरी छ बोहराले भने “गर्भवती र बालबालिकाले स्वच्छ खाना खान पाइरहेका छैनन्, कुपोषण मुक्त खाना खुवाउन सके मात्रै बालबालिकाको जिवन शुन्दर हुन्छ ।”
बालबालिकाका लागी कानुन बनेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । कानुन बनेपनि कार्यान्वयन भएको छैन यसका लागी जनचेतना मुख्य कुरा हुन्छ भट्टले भने “आम नागरिकहरुलाई कानुनबारे जानकारी दिनुपर्छ सरकारको दायित्व पुरा गर्न हामी लाग्नुपर्छ, भविश्य निर्माण गर्ने कुरामा सबैले जोड दिनुपर्छ, हामीले अहिलेको युग अनुसार अघी बढ्नुपर्ने हुन्छ यसमा प्रदेश सरकारले कस्तो कदम चाल्नुपर्छ हामी तयार छौँ ।”
प्रारम्भिक बालबिकासका लागी संघिय संसदहरुको सहकार्य समन्वय समुह सह संयोजक प्रतिनिधिसभा सदस्य एकवाल मियाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशका राज्यमन्त्री, प्रतिपक्षी दलका नेता, प्रदेशसभा सदस्यहरुको सहभागिता थियो । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका कानुन अधिकृत दान बहादूर सुनारले सुदूरपश्चिममा बालबालिकाको अवस्था बारे प्रस्तुती राखेका थिए ।