धनगढी। कैलालीको गोदावरी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्वास्थ क्षेत्रमाकार्यरत कर्मचारीहरुको क्षमताविकास अभिवृद्धिसम्बन्धि तालिम धनगढीमा सुरु भएको छ।
केएर नेपाल र निड्स नेपालको साझेदारीमा संचालित कोभिड प्रतिकार्य तथा पुर्नलाभ परियोजना अन्तरगत कोभिड १९ प्रतिकार्य तथा स्वास्थ सेवा सबलीकरणका लागि स्वास्थ क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमताविकास अभिवृद्धि सम्बन्धि तालिम आज देखी सुरु भएको हो। ३ दिनसम्म सञ्चालन हुने तालिम असार ६ गते सोमबारसम्म चल्नेछ। कोभिड १९ प्रतिकार्य तथा स्वास्थ सेवा सबलीकरणकालागि स्वास्थ क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमताविकास अभिवृद्धिमा सहयोग पुग्ने बिश्वास लिइएको छ । तालिममा गोदावरी र कृष्णपुर नगरपालिकाका स्वास्थ क्षेत्र द्रुतप्रतिकार्य टोलीको सहभागिता छ। सो नगरपालिकाका द्रुतप्रतिकार्य टोलीको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गरिएको परियोजना सँयोजक केशव मलाशीले जानकारी दिएका छन् । आपतकालिन तथा विपदको अवस्थामा स्वास्थ सेवालाई चुस्त दुरुस्त राख्न र स्वास्थ सेवाप्रवाहमा स्वास्थ क्षेत्रको द्रुतप्रतिकार्य टोली परिचालन गरिएको उनले बताए । शनिबार उदघाटन गरिएको कार्यक्रममा निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश स्वास्थ निर्देशनालय निर्देशक डा. जगदीश जोशी रहेका थिए। यस्तै कार्यक्रममा केएर नेपालका बिजेन्द्र बजान्डे, प्रशिक्षक शम्भु महतो, निड्स नेपालका रितु बस्नेत, विकाश डगौरा लगायत दुवै नगरपालिकाका स्वास्थ शाखा प्रमुख,मेडिकल अधिकृत, जनस्वास्थ निरीक्षक, स्वास्थकर्मीहरु तथा द्रुतप्रतिकार्य टोलीका सदस्यहरुको सहभागिता रहेको थियो।