धनगढी। बैतडी र बाजुराका बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल परिवार दलका नेता खडक नागरीको पहल र बोधित्सव बिहारको सहयोगमा बैतडी र बाजुरामा १०० पिस स्कुल ब्याग र २०० पिस कपि कलम वितरण गरिएको हो ।
बाजुरा त्रिबेणी नगरपालिका वडा न १ छत्रारा आधरभुत बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी, केन्द्रिय पिस फोर्सका अजय जैरु, बिद्यालयका निमित्त प्रधानध्यापक दिल बहादुर बुढा स्कुल ब्यापस्थापनका अध्यक्ष थम्प बहादुर बुढा, र अभिभावकहरुको पनि सहभागी रहेको थियो ।
यसै गरि बैतडीमा पनि विद्यार्थीहरुलाइ स्कुल ब्याग वितरण गरिएको छ । मालिका माबि भटना बैतडी जिल्ला पुर्चौडी नगरपालिका वाड न ४ मा ५०, जनजोती आधारभुत बिद्यालय खानिडाडा पुर्चौडी नगरपालिका वडा न ४ मा ५० पिस ब्याग वितरण गरिएको छ । ब्याग वितरण कार्यक्रममा नेपाल परिवार दलका जनप्रतिनिधि वडा सदस्य भिमराज भट्ट लगायतका समाजसेवी, बुद्धिजीवी लगायतका सहभागीता रहेको पिस फोर्सका युवा नेता अजय जैरुले बताए । बिद्यालयका प्रधानध्यापक तथा शिक्षकहरुले नेपाल परिवार दललाई आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै धन्यवाद दिएका छन् ।