काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच हिजो (बिहिबार) डिल्लीबजारस्थित कारागारमा भेटवार्ता भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताउनुभएको हो ।भेटघाटका क्रममा अध्यक्ष द्वय अगामी चुनावमा मिलेर जाने विषयमा सहमत हुनुभएको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी अगामी चूनावमा मिलेर गठबन्धन तयारीमा रहेको जनमत पार्टीका महासचिव सिंहले बताउनुभयो ।
महासचिवले चन्दन सिंहले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमार्फत पनि उक्त विषयको जानकारी दिनुभएको छ ।उहाँले लेख्नुभएको छ,‘२०७९ आषाढ २ गते विहिबार काठमाडौंको डिल्लीबजार कारागारमा जनमत पार्टीका अध्यक्ष डा. सी_के_राउत र मा. श्री रेशम_चौधरीसँग भेटघाट भई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी मिलेर गठबन्धन गरी अगाडि बढ्नु पर्ने कुरामा दुवै पक्ष सकारात्मक रहेको।पुराना पार्टीहरूले पटक-पटक सम्झौता, वार्ता र आश्वासनका नाममा आन्दोलनकारी शक्तिहरूसँग पटक-पटक धोखा मात्रै दिएको धारणा।थारु मदेशी देशको सान हो धोती गम्छा हाम्रो पहिचान होतस्वीर: फाइल फोटो
जनमत पार्टीले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मधेशवादी दलहरुलाई चकित पर्दै राम्रो परिणाम हासिल गर्न सफल भएको थियो।