कैलाली। सुदूरपश्चिममा प्रमुख राजमार्गहरूमा सीसीटिभी क्यामेराका साथै ट्राफिक लाइट जडान गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बुधबार प्रस्तुत गरेको बजेट कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो।
उनका अनुसार शान्ति सुरक्षा, अपराध अनुसन्धान, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि यस किसिमको व्यवस्था गर्न लागिएको हो । त्यसका लागि चार करोड ५० लाख रुपैयाँ छुट्याइएको मन्त्री रावलले बताए ।