बुटवल। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ।
कृषि, शिक्षा , स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै लुम्बिनी सरकारले बजेट सार्वजनिक गरेको हो । बुधबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट बजेट प्रस्तुत गर्दै पुँजीगत बजेट २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ छुट्याइएको बताए । यो कुल बजेटको ५७.४१ प्रतिशत हो ।
चालु खर्चका लागि १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यो कुल बजेटको ३१.२६ प्रतिशत हो । वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैया छुट्याइएको मन्त्री खड्काले बताए । यो कुल बजेटको ११.३३ प्रतिशत हो । बजेटमा प्रदेश गौरव योजनाका लागि १ अर्ब ६९ करोड छुट्याइएको छ भने रुपन्देहीमा रहेका प्रदेश मन्त्रालय एक वर्षभित्र स्थायी राजधानी दाङमा सार्न‚ राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण र सरस्वती माविको स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार विकाससँगै कृषि, स्वास्थ्य र सामाजिक विकासमा समेत केही नयाँ कार्यक्रम ल्याइएको मन्त्री खड्काले बताए । बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वतर्फ ३ अर्ब १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै चालु आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रहने र आन्तरिक ऋण १ अर्ब परिचालन गर्ने बजेटमा उल्लेख गरिएको छ। यसअघिको सरकारले चालु आर्थिक वर्ष २०७८र०८९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो।बजेट बक्तव्य २०७८।७९ – अन्तिम २०७९।३।१