कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि बजेट विनियोजन गरेको छ। बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले एक अर्ब २३ करोड बढी बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।
उनका अनुसार आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि १ अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरिएको हो। शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन भएको हो।