धनगढी। सुदूरपश्चिम सरकारले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्न आवश्यक बजेट बिनीयोजन गरेको जनाएको छ।
बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले मृर्गौला पिडीत बिरामीका लागी सेती प्रादेशिक अस्पतालमा १०, महाकाली अस्पतालमा ५ शैय्या र टिकापुर अस्पतालमा ३ शैय्या डायलाइसिस सेवा सञ्चालन गरिने बताए । साथै डोटी जिल्ला अस्पतालमा आगामी बर्षमा पुर्वाधार तयार गरी डायलाइसिस सेवा सञ्चालन गर्न आवश्यक बजेट बिनीयोजन गरेको बताए ।