कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले रासायनिक मल खरिद गर्न बजेट विनियोजन गरेको छ।
बुधबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरेको बताए। प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिबेशन चलिरहेको छ ।