धनगढी। सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिती सदस्य डिल्लीराज भटट्ले जिल्ला अस्पताल डोटीको निरीक्षण गरेका छन् । सोमबार जिल्ला अस्पताल डोटीको विभिन्न कक्षको भ्रमण तथा सेवा प्रवाहको बारेमा जानकारी लिदै महत्वपूर्ण विषयमा छलफल भएको बताएका छन् ।
जिल्ला अस्पताल डोटीमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपाली, मेसु डाक्टर निराजन श्रेष्ठ,डासमीर सिंह, डा।राजेन्द्र फुलारा, डा।शान्ति आचार्य, डा। डवल बूढा,नर्सिङ इन्चार्ज श्री मिना चन्द र प्रशासन शाखा प्रमुख श्री भरत बहादुर बुढा सहितको टिम सँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए । जिल्ला अस्पताल डोटीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले सेती प्रादेशिक अस्पतालले प्रदेश कै सबै भन्दा ठूलो अस्पताल भएको बताए । प्रदेशका सम्पूर्ण जिल्ला अस्पतालहरूसंग समन्वय र सहकार्य गरी जिल्ला अस्पतालहरूमा विविध किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्न उनले सुझाब दिएका छन् ।
यस्तै मेडिकल सुपरिटेण्डेन डा निराजन श्रेष्ठले सेती प्रादेशिक अस्पतालमा अत्याधिक बिरामीको चाप भएकोले सम्पूर्ण नागरिक लाई सेवा दिन विस्तारित अस्पताल सेवा (Extended Health Service) लागू गरी अघाडी बढ्न सल्लाह दिएका छन् । सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिती सदस्य भटट्ले जिल्ला अस्पताल डोटीको निरीक्षण गर्दै प्रादेशिक अस्पतालको विविध विषयमा जानकारी र छलफल भएको बताए । उनले प्रदेशका सम्पूर्ण जिल्ला अस्पतालले उपचार गराउन आएका बिरामीहरूलाई सम्बन्धित जिल्ला मै उत्कृष्ट र विशिष्ठ सेवा प्रदान गर्नुपर्ने बताए ।
साथै जिल्लामा नै अस्पतालको स्रोत साधन अधिकतम प्रयोग गरी बिरामीहरुको उपचार गर्न सकेमा मात्रै सुदुरपश्चिम प्रदेश स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन हुने बताए। यस्तै स्वास्थ्य बीमा कार्यक्रम देशका सबै नागरिकहरुलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले ल्याईएको नेपाल सरकारको प्रथामिकता प्राप्त कार्यक्रमलाई आत्मसाथ गर्दै अघाडी बढाए राम्रो परिणाम आउने बताए । सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिती सदस्य भटट्ले भने, हामी अस्पताल व्यस्थापन समितिका पदाधिकारीहरु सरकारको प्रतिनिधि भएकोले सम्मानपूर्वक बाँच्न पाउने हकअन्तर्गत विरामी पर्दा राज्यद्वारा सञ्चालित सरकारी अस्पतालबाट स्वास्थ्य उपचार पाउने प्रत्येक नागरिकको मौलिक हक हो, उनले भने । यस्तै उनले सरकारी अस्पतालबाट नागरिकलाई उपचार दिलाउने हाम्रो कर्तव्य हुने भएकोले सम्पूर्ण पक्षको सहकार्य गरी अघाडी बढ्न जिल्ला अस्पताल डोटि लाइ सुझाव दिएका छन् ।