धनगढी। जिल्ला समन्वय समिति कैलालीको नेतृत्व सत्ता गठबन्धनले बिजयी प्राप्त गरेको छ। जिल्ला समन्वय समिति गठनका लागि आज भएको निर्वाचनको मतपरिणाम अनुसार सत्ता गठबन्धन विजयी भएको हो।
समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्। मतदानमा जम्मा २५ मत खसेकोमा कलेलले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए। उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए। एमालेका राजेन्द्र खनालले १२ मत पाए।
कैलालीमा सत्ता गठबन्धनअन्तर्गत काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए। गठबन्धनका उम्मेदवारलाई धनगढीका मेयर गोपाल हमालले पनि सहयोग गरेका थिए। यस्तै नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो। भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपानीका देवीदत्त उपाध्यायले मतदान गर्न पाएका थिएनन्।