डोटी। सुदुरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक वहादुर रैकाले डोटी जिल्लाको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय डोटीको अनुगमन गर्दैसामाजिक विकास राज्यमन्त्री रैकाले सो निर्देशन दिएका हुन् । उनले डोटी जिल्लाको समग्र स्वास्थ्य अवस्थाको वारेमा जानकारी, निर्देशन तथा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय डोटीको अनुगमन गरेका छन् ।अनुगमन क्रममा राज्यमन्त्री रैकाले जिल्ला अस्पताल डोटीको आकस्मीक कक्ष,ओपिडि सेवा कक्षा,प्रसुति कक्ष,निर्माणधिन अकस्सिजन प्लान्ट लगायतको क्षेत्रको अनुगमन गरेका थिए। साथै राज्यमन्त्री रैकाले स्वास्थ सेवा लिन आएका बिरामी सर्वसाधारण जनतासंग अस्पतालले दिई रहेको सेवाका बारेमा छलफल समेत गरेका थिए । अनुगमन पश्चात राज्यमन्त्री रैकाले जिल्ला अस्पताल डोटीका स्वास्थकर्मी र स्वास्थ कार्यालयका कर्मचारीहरुलाई स्वास्थ सेवा सर्वशुलभ छिटो छरितो र गुणस्तरीयमा ध्यान दिन निर्देशन दिएका थिए । राज्यमन्त्री रैकाले जिल्ला अस्पतालमा प्रदेश सरकारले तत्काल शव बाहन, एम्बुलेन्स र डाइलासिस मेसिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।