कैलाली। कैलालीको गोदावरी नगरपालिकाका विद्यालय भोलीदेखी बन्द हुने भएका छन। कैलालीमा अत्याधिक गर्मी भए सँगै गोदावरी नगरपालिका द्वारा ६ दिन बिद्यालय बिदा दिने निर्णय भएको छ।
बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले अत्याधिक गर्मिका कारण ३१ गतेसम्मका लागी लामो विदा बाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मिका कारण जेठ २६ गतेदेखी ३१ गतेसम्मका लागी नगरमा रहेका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।