बैतडी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। दिउँसो १२ बजेर ५० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रविन्दु बैतडीको दोगडाकेदार गाउँपालिका-७ देउलेक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।
बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागढमा समेत धक्का महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत वैशाख २८ र ६ गते पनि सुदूरपश्चिमका पहाडमा भूकम्प गएको थियो।