धनगढी : धनगढी उप महानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा शेर बहादूर महरा निर्वाचित भएपछि उनले कार्यभार सम्हाल्दा लथालिगं अवस्थामा भेटिएको वडा कार्यालय अहिले ब्यवस्थित बन्दै गएको छ ।
न सरसफाई न पानीको ब्यवस्था ज्येष्ठ नागरिकका लागी कुर्षीको ब्यवस्था समेत नभएको वडा कार्यालय अहिले ब्यवस्थित बन्दै गएको छ । वडा कार्यालयलाई ब्यवस्थित बनाउँदै सेवा चुस्त दुरुस्त बनाउने उद्घोष गरेका महरा त्यो बाचा पुरा गर्ने तर्फ केन्द्रित भएका छन् ।
वडा नम्बर १२ का सेवाग्राही बिर बहादूर ढाँटले बिगतको तुलनामा वडाको सेवा निकै राम्रो पाइएको बताए । बिगतमा लथालिगं वडा कार्यालर्य अहिले चिटिक्क बनेको छ उनले भने “एउटा झण्डा समेत राख्न नसकेको वडा कार्यालयले शेर बहादूर महरा वडा अध्यक्ष भएर आएसंगै ति सामग्रीको परिपुर्ती भएको छ, अहिले सेवाग्राहीका लागी आरा मगर्न सोफाको ब्यवस्था छ त चिसो पानीको ब्यवस्था छ, जसरी पहिलो महिनामै वडा अध्यक्ष महरा निकै स्पिडले काम गरिराख्नुभएको छ यही स्पिडले काम भए हाम्रो वडा ब्यवस्थित र बिकासमा फड्को मार्न सक्छ ।”
अर्का सेवाग्राही चक्र सन्ज्यालले नयाँ जनप्रतिनिधी आएपछि वडाको मुहार फेरिएको बताए । नयाँ अध्यक्ष शेर बहादूर महराले वडा कार्यालयलाई ब्यवस्थित बनाएका छन उनले भने “साथै वडाका समस्या समाधान गर्नका लागी बिभिन्न क्षेत्रसंग छलफल शुरु गरिसकेका छन् उनमा काम गर्ने जाँगर छ उनि काम गर्नुहुन्छ हामी सबैले सहयोग गरे वडा नम्बर १२ बिकासमा निकै अगाडी बढ्ने छ ।”
स्थानिय लक्ष्मी सिहंले हालसम्म काम गर्ने जनप्रतिनिधी नपाएकै कारण वडा नम्बर १२ बिकासमा पछाडी परेको बताइन् । यहाँका समस्या, यहाँका मुद्धा समाधानका लागी बिगतको जनप्रतिनिधीले छलफल समेत गर्नुभएन उनले भनिन् “अहिलेको वडा अध्यक्षले के काम गर्ने कसरी गर्ने भनेर सबै सित छलफल शुरु गरिसकेका छन् यो सकारात्मक काम हो सधैँ निरन्तर चल्नुपर्छ ।”
उनले वडा नम्बर १२ को शिक्षा कसरी सुधार गर्ने भनेर समेत छलफल शुरु गरेका छन् सकारात्मक काममा सबैको सहयोग भए काम सफल हुने सिहंको भनाई छ ।