धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख देवराज जोशीले आज आइतबार प्रदेशसभामा आगामी आर्थिक बर्षका लागी निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
निति तथा कार्यक्रममा कृषी, रोजगारी, स्वास्थ्य, शिक्षा, युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर बृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ। यस बर्षको निति तथा कार्यक्रम नयाँ नारासहित अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको छ। हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सुदूरपश्चिम प्रदेश सरकारको निति तथा कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने जनाएको छ । टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कारलाई निरन्तरता दिने भएको छ। योजनाबद्ध नतिजामुखी र गुणस्तरिय बिकासको आयोजना तथा कार्यक्रमको तर्जुमाका लागी पञ्चबर्षिय योजनाको आधारपत्र बस्तुस्थिती बिवरण तयार कार्यक्रममा प्रदेश प्रमुख जोशीले प्रस्तुत गरेका हुन्। कार्यक्रममा प्रदेश लोकसेवा आयोगबाट प्रदेशका रिक्त पदको परिपुर्ती गर्ने, गौरबका योजना तथा क्रमागत योजनाहरुलाई निरन्तरता दिइने उल्लेख छ । प्रादेशिक अर्थतन्त्रको सवलिकरणका लागी स्वदेशी तथा बिदेशी लगानी भित्र्याउन आवश्यक निति र कानुनी ब्यवस्था गरी लगानीमैत्री वातावरण श्रृजना गर्ने कार्यक्रममा उल्लेख छ। बैकं तथा बित्तिय संस्थाले प्रदान गर्ने बित्तिय सेवामा आम नागरिकको पहुँच अभिबृद्धी गर्न र बिधुतिय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न बित्तिय साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रदेश प्रमुखले कार्यक्रममा प्रस्तुत गरेका छन्।
कृषकको अबिभावक भन्ने नाराका साथ कृषी उपजको उत्पादन लागत तथा जोखिम घटाउन किषानलाई यन्त्र उपकरण, बिउ बेर्ना, नस्न मलखाद, सिचाई नविनतम प्रविधि लगायत बिमाको प्रिमियर शुल्क सर्वशुलभ रुपमा उपलब्ध गराइने जनाइएको छ। निति तथा कार्यक्रममा कृषीजन्य बस्तुको आयात प्रतिस्थापन निर्यात प्रवद्र्धन र खाद्य शुरक्षा प्रत्याभुत गराउन प्रार्थमिकतामा राखीने उल्लेख छ। प्राबिधिक बिश्वबिद्यालय सञ्चालनका लागी आवश्यक कानुन बनाइने र १ निर्वाचन क्षेत्र १ नमुना बिद्यालय कार्यक्रम सञ्चालनमा ल्याउने कार्यक्रममा उल्लेख गरिएको छ। खेलकुद क्षेत्रको बिकासका लागी खेलकुद निति तर्जुमा गरी बिकास गरिने छ। हिमाली तथा पहाडी जिल्लाबाट बढ्दो बसाई सराइलाई न्युनिकरण गर्न शहर उन्मुख गाउँमा एकिकृत बिकास परियोजना मार्फत शिक्षा स्वास्थ्य खानेपानी लगायत यातायात पुर्वाधार संरचना निर्माण गरिने कार्यक्रममा उल्लेख छ।
यस्तै आर्थिक विकास र गरिवी निवारणमा योगदान पुगाउन उद्यम विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, एक सय ५० विद्यालयमा सूचना तथा प्रविधि विस्तार गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा अटाएका छन्। मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, एक स्थानीय तह एक औद्योगिक ग्राम, एक जिल्ला एक विशिष्ट उद्योगलगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा पनि परेका छन्।यस्तै मेरो स्वास्थ्य मेरो जिम्मेवारी, हाम्रो प्रदेश स्वस्थ प्रदेश, जनताको स्वास्थ्यको ख्याल सुविधासम्पन्न अस्पताल, स्वास्थ्यका लागि खेलकुद सबैका लागि खेलकुद, पाहुनाको सत्कार सुदूरपश्चिमको संस्कार लगायतका नारासहित कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रदेश सरकारले प्रत्येक असार १ गते बजेट कार्यक्रम ल्याउनुपर्ने र त्यसको १५ दिने अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी प्रावधान रहेको छ। तर निकै ढिलाई गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको हो। यस बर्षको निति तथा कार्यक्रम निकै महत्वकाक्षांका साथ आएको प्रतिक्रिया दिदै सांसदहरुले कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । प्रदेश सरकारको निति तथा कार्यक्रम पुरानै ढड्डा अनुसार र निकै महत्वका साथ ल्याइएको भन्दै सत्ता पक्षकै प्रदेशसभा सदस्यहरुले कार्यान्वयनमा चुनौती देखाएका छन् । अन्तिम बर्षको बजेट भएका कारणपनि महत्वका साथ बजेट ल्याइएपनि कार्यान्वयनमा चुनौती देखिएकोनेपाली काग्रेंसका सांसद भरत खड्का र नेकपा एस सुदूरपश्चिम प्रदेश सांसद पुर्णा जोशीको भनाई छ । प्रतिपक्षी दलले भने देखाउनका लागी मात्रै प्रदेश सरकारले निति तथा कार्यक्रम ल्याएको आरोप लगाएको छ । कुनै काम गर्नका लागी भएपनि यो देखावटी कार्यक्रम आएकोले सो अनुसार जनताका माग सम्बोधन हुने गरी बजेट नआउने प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश सांसद पठान सिहं बोहराको भनाई छ ।प्रदेश सरकारले प्रदेशले गौरव गर्न लायकका योजना ल्याउने अपेक्षा गरेका प्रदेशसभा सदस्यहरुलै निति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती देख्छन् । ठोस योजाना भन्दापनि पुरानै किसिमका कार्यक्रमले प्रदेशको कोल्टे फेर्न नसक्ने उनीहरुले बताएका छन् ।हेर्नुहोस् पूर्णपाठ सहित सुदूरपश्चिम प्रदेश सरकारको आ.व. २०७९-०८० वार्षिक नीति तथा कार्यक्रम