कैलाली। नेकपा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारद मुनी रानाले नियोजित रुपमा आफ्नो चरित्रहत्या गर्न गलत समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ती जनाएका छन ।
उनले एक प्रेस बिज्ञप्ति निकाल्दै आपत्ती जनाएका हुन । केही दिन अघि दृष्टी न्युज नामक अनलाईन पोर्टलले एमाले जिल्ला इन्चार्ज नै मुख्य अन्तरघाती(https://www.drishtinews.com/archives/167347) भन्ने शिर्षकमा समाचार सम्प्रेषण गरेको प्रति रानाले आपत्ति जनाउदै शनिबार प्रेस विज्ञप्ती जारी गरेका हुन ।रानाको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त समाचार तथ्यहीन रहेको प्रस्ट पारेको हो ।
‘नेकपा (एमाले) पोलिट ब्युरो सदस्य, कैलाली जिल्ला इन्चार्ज, पूर्व मन्त्री, प्रतिनिधिसभा सदस्य माननीय नारद मुनी रानामाथि तथ्यहीन, झुटो, कपोकल्पित, मनगढन्ते, पूर्वाग्रही तरिकाले लगाइएको यो आरोप निहित स्वार्थ पूरा गर्ने कुदृष्टि र दूषित मानसिकताको उपज भएका कारण यो समाचार प्रति हाम्रो गम्भीर आपत्ति छ’ विज्ञप्तिमा भनिएको छ ‘तथ्यहीन तरिकाले एक जना जिल्ला कमिटी सदस्यको हवाला दिँदै सम्प्रेषित यो समाचारलाई प्रमाणसहित प्रकाशन गर्न चुनौती समेत दिन चाहन्छौँ ।’
उनले भनेका छन, हामी दिनरात नभनी आफ्नो पार्टिको उम्मेदवारको पक्षमा माहोल बनाउन हिडेको दुनियाँले देखेकै छ,सबैले मेहनत गरेकै हो तर परिणाम सोचेजस्तो भएन । धनगढीमा अरु राजनैतिक दलका उम्मेदवारलाई पनि सोही अनुरुप प्रमुखमा हार बेहोरेको छन् ,यो हाम्रो लागी अप्रत्याशित नतिजा नै हो । यसको छानवीन अनि लेखाजोखा पार्टीले गर्नेछ । तर जो व्यक्ति रातदिन नसुती वा चर्को घाम नभनी अभियानमा कमाण्डर बनेर हिडेको छ,उसैप्रति पुर्वाग्रह राखेर नियोजित अपवाहपुर्ण समाचार लेखाइनु वा लेखिनु खेदजनक छ। समाचारमा धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेदवार रणबहादुर चन्दलाई हराउन स्वतन्त्र उम्मेदवारसँग सम्झौता गरेको, गोदावरी नगरपालिकामा एमालेका मेयरका उम्मेदवार गोकर्ण भट्टलाई अन्तर्घातबाट हराउन कार्यकर्ता परिचालन गरेको आरोप लगाइएको थियो ।यस्तो छ बिज्ञप्ती