धनगढी। जिल्ला समन्वय समिति कैलालीको चुनावकालागी गठबन्धन बाहिर गएको नेकपा माओवादी केन्द्र पुनः सत्ता गठबन्धनमै फर्किने भएको छ।
दुईदिन अगाडिमात्रै नेकपा एमालेसँग बागबन्डाको सहमति गरेको माओवादीले आज बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्र सत्ता गठबन्धनसँगै जाने निर्णय गरेको हो। जिल्ला समन्वय समिति गठनकालागि कैलालीमा नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० र एकीकृत नेकपा समाजवादीवीच नयाँ सहमति भएको छ ।
एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष विमलकुमार जोशीका अनुसार काँग्रेसले समन्वय प्रमुख, एक सदस्य, माओवादीले उपप्रमुख, तीन सदस्य र एकीकृत समाजवादीले तीन सदस्य लिने सहमति भएको छ । प्रमुख र उपप्रमुख गरेर नौ जनाको उम्मेदवारी आइतबार दर्ता हुने भएको छ । यसअघि भने माआवादीले, एमाले र नागरिक उन्मुक्ती पार्टीसंग चार सदस्य पाउने गरेर सहमति गरेको थियो । तर माओवादीका केन्द्रीय अध्यक्ष प्रचण्डको निर्देशनमा पुरानो सहमति तोडेको बताइएको छ ।
कैलालीमा जिसस गठनका लागि १३ पालिकाका प्रमुखरउपप्रमुख गरेर २६ जना मतदाता छन् । जिससमा जित्नका लागि १४ मत आवश्यक पर्छ । सत्तारुढ गठवन्धनसंग १३ मत रहेका छन् । भने एमाले, नागरिक उन्मुक्तीसंग १२ मत रहेका छन् । यस्तै एक जना स्वतन्त्र मेयर गोपाल हमालले विपक्षलाई मतदान गरे सत्ता पक्ष र विपक्षी गठवन्धन बराबर १३र१३ हुने छन । यस्तै गरेर हमालले भोट हाल्नै गएनन् वा भोट हाल्न गएर सत्ता पक्षलाई मतदान गरे भने सत्तापक्ष सजिलै निर्वाचित हुने छ । कैलालीमा नागरिक उन्मुक्तीले चार प्रमुख, तीन उपप्रमुख जितेको छ । एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ ।यस्तै गरेर काँग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ । भने माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । यस्तै एकीकृत समाजवादी एक प्रमुख जितेको छ । कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको छ । ०४९ को स्थानीय चुनावबाट काँग्रेसले तत्कालिन जिल्ला विकास समिति एक्लैले बनाएको थियो भने ०५४ मा राप्रपासंग मिलेर जिसस बनाएको थियो ।