डडेल्धुरा। डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृत्यु हुनेमा अमरगढी नगरपालिका–६ छचोडाका २० वर्षीय मोटरसाइकल चालक साजन ताम्राकार रहेको जनाएको छ।
शुक्रबार राति पौने ८ बजेतिर डडेल्धुरा बजारबाट घर छचोडा जाने क्रममा ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । अमरगढी– ६ बजनीपाटामा दुर्घटना हुँदा चलक साजनको मृत्यु भएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए।
गम्भीर घाइते उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको डीएसपी पालले बताए। उनका अनुसार मोटरसाइकल दुर्घटनामा सोही ठाउँका २१ वर्षीय मुकेश ताम्राकार घाइते भएको र उनको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।