कैलाली। कैलालीको धनगढीमा प्रस्तावीत गेटा मेडिकल कलेजको मोडालिटीको विषयमा विज्ञसंग अन्तरक्रिया गरिएको छ। गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले कैलालीका विभीन्न क्षेत्रका विज्ञहरुसंग अन्तरक्रिया गरेको हो ।
गेटा मेडिकल कलेज स्थापना गर्ने चर्चा चलीरहेका बेला पूर्वाधार निर्माण भएसँगै मेडिकल विश्वविद्यालयको प्रारुपबारे विषयमा विज्ञसंग अन्तरक्रिया गरिएको हो। शुक्रबार धनगढीमा संचालित ‘प्रस्तावित गेटा मेडिकल कलेज संञ्चालन, मोडालिटी सम्बन्धी विज्ञहरुसंगको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले तत्काल अस्पताल संचालन गरी विश्वविद्यालय मोडेलमा संचालन गर्न सुझाव दिएका छन ।
अन्तरक्रियामा बोल्दै कैलाली बहुमूखि क्याम्पसका पुर्व प्रोफेसर सुरेन्द्र बहादुर चन्दले यसलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत राखेर संचालन गर्न नहुने धारणा राखे । उनले गेटा मेडिकल विश्वविद्यालयका रुपमा अगाडी बढाउनका लागि दबाव दिन आवश्यक रहेको बताए ।
‘यसै संसदबाट यसको मोडालिटी पास गरेर ऐन बनाउन दबाव दिन आवश्यक छ’ उनले भने ‘संघिय र प्रदेश चुनाव अघि यो कामका लागि दवाव दिन सके काम छिटो हुन सक्छ ।
’सुदूरपश्चिम विश्वविद्यालयका प्रोफेसर हरिकृष्ण कडायले प्रस्तावित गेटा मेडिकल कलेजको मोडालिटीमा पहिलो प्राथमिकता मेडिकल विश्वविद्यालयलाई नै दिनुपर्ने बताए । उनले यो सम्भव नभएमा भने सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत रहने गरी मेडिकल कलेज संचालन गरिनुपर्ने बताए । मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा मेडिकल शिक्षा र अस्पताल सञ्चालनमा आए सीमित दायरा हुने भएकोले मेडिकल विश्वविद्यालय स्थापना गर्न सिङ्गो सुदूरपश्चिम एकजुट हुनुपर्ने कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक जगन्नाथ जोशीले बताए। ‘गेटामा मेडिकल विश्वविद्यालय हुनुपर्ने र मेडिकल कलेज हाम्रो माग नभएको उनले बताए। साथै उनले ‘सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कलेज कुनै पनि हालतमा बनाउन नहुने बताएका छन् ।
यस्तै संघर्ष समितिका सह–संयोजक आनन्दराज भट्टलेविश्वविद्यालय सञ्चालनका लागि सबैले जोड दिनुपर्ने आवश्यकता महसुस गरिएको बताए। कार्यक्रममा धनगढीको ऐश्वर्य कलेजका सहप्राध्यापक खेमराज पन्तले सुदूरपश्चिमलाई नेपाल सरकारले पटकपटक धोेका दिएको बताएका छन् । यस्तै सेती अस्पतालका पुर्व मेसु डाक्टर गणेशबहादुर सिंहले सुदूरपश्चिमले सरकारसँग मेडिकल कलेज कहिल्यै नमागेको बिचार ब्यक्त गरेका छन् । डा. सिहले प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको मोडालिटीमा संचालन गर्दा सबैभन्दा उपयुक्त हुने बताए । उनले मेडिकल कलेज सानो युनीट भएकाले यसलाई अन्य विश्वविद्यालयको नियन्त्रणमा चलाउनु भन्दा छुट्टै मेडिकल विश्वविद्यालयको मोडालिटीमा संचालन गरिनु पर्ने धारणा राखे ।
उनले विश्वविद्यालय बनाउन केही समय लागेपनि तत्काल अस्पताल भने संचालन गर्न आवश्यक रहेको बताए । संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’को सभापतित्वमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्रका व्यत्तिहरु,शिक्षा क्षेत्रका ब्यक्ती, मानवअधिकार कर्मी, सामाजिक तथा राजनीतिक क्षेत्रका ब्यक्तीहरु सँगै पत्रकारहरुको बाक्लो सहभागीता रहेको थियो। अन्तरक्रियामा सहभागी व्यत्तिहरुले प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविधालय बनाउनुपर्नेमा जोड दिएका छन् ।अन्तरक्रियाका सहभागीहरुले मेडिकल कलेज सबैभन्दा सानो युनीट भएकोले मेडिकल विश्वविधालय बनाउँदा उचित हुने बताएका हुन् । अन्तरक्रियाको छलफलबाट प्रस्ताबित गेटा मेडिकल कलेजमा तुरुन्त ३०० बेड क्षमताको अस्पताल सञ्चालन हुनु पर्नेमा जोड दिएका छन् ।कैलालीको गेटामा करिव साढे ४ अर्वको लागतमा अस्पताल, कलेज, छात्रवास, आवास लगायत २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेको छन । भने ५१ हेक्टर क्षेत्रमा निर्माण गरिएको उक्त भवनमा चिकित्सा शिक्षाको अध्यापनसंगै ६ सय शैय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।