कैलाली। कैलालीमा जिल्ला समन्वय समितिको लागि नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादी केन्द्रले तालमेल गर्ने भएका छन् ।
आज भएको सहमति अनुसार तीन दलले समन्वय समितिको लागि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति, एमाले र चार सदस्य माओवादी केन्द्रले तालमेल गर्ने सहमति भएको हो । जसअनुसार जिल्ला समन्वय समिति कैलालीको नेतृत्वमा नागरिक उन्मुक्ती पार्टी बन्ने भएको छ । एमाले र माओवादीसंगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले जिसस प्रमुख पाउने भएको हो ।
नागरिक उन्मुक्तिले प्रमुख सहित दुई सदस्य, एमालेले उपप्रमुख सहित एक सदस्य र माओवादी केन्द्रले चार सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले जानकारी दिए । यस्तै माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने भएको छ । १३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ जना प्रमुख/उपप्रमुख आवश्यक हुन्छ। नागरिक उन्मुक्ती, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन् । कैलालीमा नागरिक उन्मुक्तीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ ।
एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ। यस्तै माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । यस्तै गरेर काँग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ। यस्तै एकीकृत समाजवादी र स्वतन्त्रले १/१ प्रमुख जितेको छन्। कैलालीमा काँग्रेस, माओवादी र समाजवादी मिलेर स्थानीय तह चुनाव लडेका थिए। कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको छ । छलफलमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट केन्द्रीय प्रवक्ता दामोदर पण्डीत, केन्द्रीय सदस्य रमेश विक,रामलाल थारु र लालबीर चौधरी थिए एमालेका तर्फबाट कैलाली उपाध्यक्ष दुर्गा जोशी, सचिब डेजी पाण्डेय, उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्र शाहीको उपस्थिती थियो। यस्तै माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज हरि ज्ञवाली र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का संयोजक सुरेन्द्र देवकर उपस्थिती रहेको थियो।