डडेल्धुरा। डडेल्धुरा अस्पतालमा डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै तनाव भएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगरको मृत्यु भएपछि अस्पतालमा तनाब भएको हो।
आज बिहान ५ बजे निमोनियाको आशंकामा अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको हो। बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टा हुँदासम्म डाक्टर नआएपछि मृतक बालिकाका आफन्तले प्रमुख जिल्ला अधिकारीदेखि अस्पताल ब्यवस्थापन समितिका अध्यक्षसम्मलाई गुहारेको बताएका छन् । डाक्टरको लापरबाहीका कारण बालिकाको मृत्यु भएको उनीहरुले आरोप लगाएका छन् ।
अस्पतालको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतक बालिकाको आफ्न्तले अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाको राजिनामा र मेसुको सरुवा हुनु पर्ने माँग गर्दै शव उठाएका छैनन् । अस्पतालमा डाक्टर हुदाँहुदै पनि बिरामी बालिकाको उपचारका लागि नआउँदा बालिकाको ज्यान गएको स्थानिय राजेन्द्र थापाले बताए । राती नै श्वास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएकी यमुनालाई अस्पतालले आईसियूमा राखेको अस्तालका निमीत्त मेसु चेतराज भट्टले बताए । दुई तीन देखी उच्च ज्वरोसहित निमोनीया भइएको र हिजो राती १२ बजे तिर श्वास फेर्न गाह्रो भएपछि आज बिहान अस्पताल आएका थिए, उच्च समस्याले आईसियुमा उपचार गदाँ गर्दै मुत्यु भएको उनले बताएका छन् ।