बाजुरा। पेट्रोलियम पदार्थको मुल्य कम गर्न माग गर्दै अखिल नेपाल महीला संघ बाजुराले जिल्ला प्रसाशन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ। सरकारले बढाएको पेट्रोलीयम पदार्थको मुल्य बिद्धिले जनताको ढाड सेकिएकोले यसको मुल्य याथसिघ्र घटाउन अखिल नेपाल महीला संघको बाजुराले ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
बैसाख ३० गतेको स्थानीय निर्वाचन सम्पन्न भए लगत्तै पेट्रोलीयम पदार्थ को मुल्य बृद्धि गरेकोमा अखिल नेपाल महीला संघ बाजुराले घोर निन्दा र आपत्ती जनाएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै अखिल नेपाल महीला संघले ज्ञापनपत्र बुझाएको हो ।
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको अखिल नेपाल महीला संघ जिल्ला कमिटी बाजुराले जनाएको छ । अहिलेको परिस्थितिमा जिल्ला प्रसाशन कार्यालय बाजुराले वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि कम गर्न ज्ञापन पत्रमा आग्रह गरेको हो । सरकार र निर्वाचनमा गरिएका अनियमितता र भ्रष्टाचारलाई लुकाउन जनता माथि महंगी बढाएकोमा अखिल नेपाल महिला संघ बाजुराले ध्यान आकर्षण गरेको हो ।