कैलाली । कैलालीको निर्माणाधीन रानीजमराकालागि २ अर्ब ९० करोड विनियोजन गरिएको छ । कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने जानकारी दिए । त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।