धनगढी। सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् । यसअघि जग्गा विवादका कारण रंगशाला निर्माणको कार्य अलपत्र परेको थियो ।