काठमाण्डौँ। नीती अनुसन्धान प्रतिष्ठान नेपालले राष्ट्रकालागि महत्वपुर्ण योगदान पुर्याएवाफत डोटीका किशोेर बिक्रम शाहलाई सम्मान गरेको छ।
शुक्रबार काठमाण्डौँमा नीती अनुसन्धान प्रतिष्ठान नेपालद्धारा आयोजित प्रतिभा सम्मान कार्यक्रम २०७९ मा सुदुरपश्चिमबाट डोटीका शाह सहित देशभरका २७ जनालाई सम्मान गरेको हो। सञ्चार तथा सुचना प्रबिधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा आयोजक नीती अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दिपक कुमार अधिकारी, गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका सचिब राम प्रसाद थपलिया सहितको उपस्थीतीमा शाह लगायत २७ जनालाई सम्मान गरेको जनाइएको छ ।
भारतिय शैक्षिक संस्थान तथा विश्वबिद्यालयहरुबाट बिभिन्न बिषयमा स्वर्ण पदक प्राप्त गरि आफ्नो अध्ययन पश्चात नेपालका बिभिन्न क्षेत्रमा लामो समय देखी सेवामा रहि राष्ट्रकालागि महत्वपुर्ण योगदान पुर्याउनुहुने बिभिन्न बिशिष्टहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा शाहलाई भारतका विभिन्न विश्वविद्यालयबाट स्वर्ण पदक प्राप्त गरि हाल नेपाल भित्रै रहेर राष्ट्रका लागि महत्वपुर्ण योगदान पुर्याएवाफत सम्मान गरिएको हो । शाहले (Pondicherry university) पोन्डिचेरी विश्वविद्यालय, (R.V nagar kalapet,puducherry)आ.वी नगर कलापेट पुडुचेरी, भारतबाट सन् २०१६ मा (south Asian studies )दक्षिण एशियाली अध्ययन बिषयमा स्नातकोत्तर तहको स्वार्ण पदक प्राप्त गरेका थिए ।हाल सोसल साईन्स बहाः अन्तरगत काठमाण्डौँ स्थीत बत्तीसपुतलीमा बरिष्ठ सह अनुसन्धानकर्ताका रुपमा कार्यरत रही खोज अनुसन्धान, शिक्षा एवम् सामाजिक क्षेत्रमा उदाहरणीय एवम् प्रतिष्ठीत ब्यक्तीत्वको रुपमा सम्मान गरिएको आयोजकले बताएको छ ।साथै उनले आफुलाई पनी विशिष्ट ब्यक्तिहरुमा राष्ट्रका लागि महत्वपुर्ण योगदान पुर्याएवाफत सम्मान गरेकोप्रती निति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप) र डाक्टर दिपक कुमार अधिकारी सरलाई हृदय देखि नै हार्दिक धन्यवाद ब्यक्त गरेका छन् । यस सम्मानले नेपालमै बसि थप मिहेनत गर्ने उर्जा प्रदान गर्नुका साथै आफ्नो जिम्मेवारीको बोध पनि गराएको उल्लेख गरेका छन् । सम्मानित हुने किशोर बिक्रम शाह डोटीको जोरायल गाउँपालीका ५ गडसेरा चौकी स्थायीघर भई हाल काठमाण्डौँ ७ किर्तीपुरमा बस्दै आएका छन् । उनी काठमाण्डौँ ९ बत्तिसपुतलीमा रहेको सोसल साईन्स बहाः कार्यरत संस्थामा वरिष्ठ सह अनुसन्धानकर्ताको रुपमा कार्यरत छन् ।सो कार्यक्रममा शाहलगायत बिभिन्न बिशिष्ठ ब्यक्तीत्वलाई सम्मान गरिएको थियो ।