काठमाडौँ ।माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताए । प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि अगाडि बढ्नुपर्ने बताएका हुन् । अहिले देश सहज परिस्थितिमा पक्कै पनि छैन ।
कोभिडको कारणले त्यसबाट सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको पोलराइजेसनको नयाँ परिस्थितिका कारण विभिन्न ठाउँका युद्धहरूका कारण विभिन्न शक्ति केन्द्रहरूको स्थितिमा आएको फेरबदलको कारण पनि त्यसको असर दुनियाँभरि परेको छ र त्यसबाट नेपाल पनि अछुतो छैन, उनले भने, यसको सामना एउटा राजनीतिक दल विशेषले या सरकार एक्लैले मात्रै गर्न सक्ने स्थिति पनि छैन । तर, मुख्य दायित्व सरकारकै हुन्छ ।ुमहँगीको मारमा जनता परेको र त्यसले झन् समस्या पार्ने हो कि भन्ने दाहालको आशंका थियो । उनले त्यसलाई रोक्नका निम्ति सरकारले समयमै कदम चाल्नुपर्ने बताए । ुमहँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । प्रत्येक भान्साबाट विद्रोह हुने हो किन भन्ने परिस्थित बन्दैछ । दिन प्रतिदिन बढेको महँगीका कारण जनता आजित हुने परिस्थिति बनेको छ।
यसको सामना हामीले गर्नु छ, उनले सुझाव दिए, पेट्रोलियम पदार्थको मूल्यवृद्धि जसरी भएको छ हाम्रा छिमेकीहरूले यो मूल्यवृद्धिको मारबाट जनतालाई जोगाउनका लागि पहिला उठाउने भनेको कर छुट दिएर त्यसबाट मूल्य समायोजन गर्ने कोसिस भएको छ । हाम्रो पनि यसअगाडि पेट्रोलियम पदार्थमा जुन कर लगाउने गरिएको छस त्यो कर घटाएर र हटाएर जसरी भए पनि जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् । दाहालले सरकारलाई त्यसलाई गम्भीर बन्न आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीसँग पनि त्यसबारे छलफल भएको जानकारी दिए । प्रधानमन्त्रीलाई अस्तिमात्रै पनि भनेको छु कर घटाएर भएपनि मूल्यवृद्धि रोक्नुपर्यो । हामीले यसलाई गम्भीर रूले लिन सकेनौं भने जनतामा असन्तुष्टि र आक्रोश बढ्छ र त्यसले संकट झन् गम्भीर हुने खतरा छ, उनले भने । प्रधानमन्त्रीले मूल्यवृद्धि नियन्त्रणबारे कदम चाल्ने बताएको पनि दाहालको भनाइ थियो ।