स्वतन्त्र बिद्यार्थी युनियन गोकुलेश्वर कृषी क्याम्पसका स्वबियु सभापतिको कार्यकाल समेत सफलता पुर्वक सम्पन्न गरिसकेका नेपाली काग्रेंस सुदूरपश्चिम प्रदेश अधिवेशन प्रतिनिधी युवा नेता राजेन्द्र बमले गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । समुद्रि सतहबाट ३ हजार मिटर माथी प्याराग्लाइडिङबाटै उनले गेटा मेडिकल कलेज सञ्चालन गर्न माग गरेका हुन् ।
सम्माननिय प्रधानमन्त्री शेर बहादूर देउवा ज्यु गेटा मेडिकल कलेज सञ्चालन गर्दै सुदूरपश्चिममा बिकासको खोला बगाइदिनुस उनले भनेका छन् “सुदूरपश्चिमको बिकास चपाइको हातमा छ तपाइ बाहेक अरु गर्नपनि सक्दैनन र यो अवशर तपाइले प्राप्त गर्नुभाको छ यहाँका पहाडी जिल्लाहरुमापनि मेडिकल कलेज खोल्नुस तर गेटामा तयार भएका संरचनामा तत्काल मेडिकल बलेज शुरु गर्नुस ।”
डडेल्धुरामा मेडिकल बलेज सञ्चालन गर्ने कुरा सकारात्मक हो उनले भने “प्रधानमन्त्री शेर बहादूर देउवालेनै उद्घाटन गरेको गोकुलेश्वर कृषी क्याम्पस छ त्यसलाई स्तरोन्नती गर्दै त्रिभुवन बिश्व बिद्यालयको आगिंक बनाउनुस, डोटिमा ईन्जििनियरिङ क्याम्पस सञ्चालन कार्य अघी बढोस लगायत अन्य पहाडी जिल्लामापनि स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा तपाइकै कार्यकालबाट काम शुरु हुन सुभकामना छ प्रधानमन्त्री ज्यु ।”
गेटा मेडिकल कलेज सन्चालनमा आएर आधुनिक उपकरण जडान भए संगै बिषेशज्ञ उपचार पाई बाहिर रिफर हुने समस्या अन्त्य हुने र सुदुपस्चिमका जनताले नेपालको अन्य स्थान र भारत जानबाट मुक्ति दिलाउन समेत आग्रह उनले गरे ।