धनगढी। धनगढी उपमहानगरपालिका २ का ३५ बर्षिय अमर चौधरीको खुट्टामा चोट लागेर लाग्यो । उनले त्यती बेला उपचारकालागी अस्पतालसम्म पुग्न सकेनन्, गरिब तथा आर्थिक अवस्था कमजोर भएका कारणले ।त्यसपछि खुट्टामा लागेको घाउ पाक्दै गएपछि अन्तीम अवस्थामा धनगढीस्थीत सेती प्रादेशिक अस्पतालसम्म आइपुगे।
सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय मातहत रहेको सेती प्रादेशीक अस्पतालमा निशुल्क उपचार गर्नकालागी पहल चाले। उनी गरीब तथा आर्थिक अवस्था कमजोर भएकाले त्यसपछि प्रदेशको सामाजिक बिकास मन्त्रालय, सेती प्रादेशीक अस्पताल प्रसासन तथा ब्यवस्थापन समितीको पहलमा अस्पतालको सामाजिक सेवा इकाई मार्फत आर्थिक अवस्था कमजोर भएका उनको निशुल्क उपचार गरिदिने ब्यवस्था गरिएको छ । अस्पतालको सामाजिक सेवा इकाई मार्फत आर्थिक अवस्था कमजोर भएका, बिपन्न तथा जेष्ठ नागरिकलाई निशुल्क औषधी उपचार हुँदै आएको सामाजिक सेवा इकाई प्रमुख गौरीदत्त जोशीले जानकारी दिएका छन्।
सोही अनुरुप चौधरीको पनी निशुल्क औषधी उपचार हुन लागीएको हो। सामाजिक सेवा इकाई प्रमुख गौरीदत्त जोशीले भने, उनी यही जेठ ८ गते अस्पतालमा उपचार गराउन आएका हुन् । रगतको कमी भएका कारण उनको अप्रेसन रोकिएको छ। हामीले निशुल्क रुपमा रगत संकलन गरेर दियौँ । अब एक दुर्य दिन भित्रै अप्रेसन हुने उनले बताए। यता सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिको नयाँ कार्यसमिती आएपछि अस्पतालमा बिभिन्न सेवा सुबिधा थपिएका छन्। अस्पतालको व्यवस्थापन समितिको नयाँ कार्यसमितीले पनी उपचारका लागी अस्पतालमा पुग्ने बिरामीलाई सहज उपचारको ब्यवस्था तथा ब्यवस्थापनलाई सुधार गरेर लगीएको छ।
सो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर शाहको नेतृत्वले पनी चौधरीको उपचारको लागी निशुल्क औषधीउपचारको ब्यवस्था गरेको छ। उपचारका लागी पहल गर्नुपर्ने कुरा अस्पतालले नै पहल गर्न निर्देशन समेत गरिसकिएको अस्पताल ब्यवस्थापन समितीका सदस्य डिल्लीराज भट्टले जानकारी दिएका छन् । उनले भने व्यवस्थापन समितिको तर्फबाट के कस्तो सहयोग हुन्छ, हामी सहयोग गर्न तयार छौँ । उनले हाम्रो मान्यता भनेको कुनै आर्थिक अवस्था कमजोर भएकाले निशुल्क उपचार पाउन भन्ने हो र सहज उपचारको ब्यवस्था होस भन्ने मान्यता हो उनले भने । हामीले अस्पताल प्रसासनलाई पनी निर्देशन दिइसकेका छौँ । हाम्रो तर्फबाट हुने सहयोग रहिरहने बताएका छन्।सोही अनुसार आज सेती प्रादेशीक अस्पताल ब्यवस्थापन समिती तथा नेता तथा कार्यकर्ताले चौधरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएको छ ।